Tuesday, April 28, 2020

कोरोना परिक्षणको नतिजा प्रकाशनको अवस्था कस्तो छ ?

हामी एक महिनाभन्दा वदी लकडाउनको अवस्थामा गुजुरिरहेका छौ । आगमी २५ गतेसम्म लकडाउनमै वस्नु पर्ने अवस्थामा छौ । ततपश्चातको अवस्था पनि अन्योल नै छ । लकडाउनको अवस्थावाट पार पाउनको लागी, के कति संख्यामा कोरोनाको परिक्षण भयो र त्यसवाट आउने परिक्षणको नतिजाले अहंम भूमिका खेल्दछ । जति वदी संख्यामा परिक्षण गर्न सकियो र त्यसले दिने नतिजाले लकडाउन खुकुलो पार्ने वा झन कस्ने भन्ने निर्णय गर्न सजिलो वनाउदछ । तर अहंम प्रश्न भनेको जति वदी भन्नाले कति रहेको छ? गर्न सकिने हो भने एकै चोटी देशमा भएभरको सवै जनसंख्याको कोरोना परीक्षण गर्न सक्दा सवभन्दा उत्तम हो । यसले करीवन ठ्याक्कै यति जना संक्रमित छन भन्ने देखाउछ । संक्रमितलाई आईसोलेशनमा राख्ने वित्तकै वाकी असंक्रमितमा कोरोना सर्ने सम्भावना शून्य सरह रहन्छ । यो सैद्धान्तिक परिकल्पना मात्र हो । व्यवहारीक हिसावमा यो सम्भव हुदैन । उपलव्ध स्रोत, साधन र जनशक्तिले सैद्धान्तिक परिकल्पना पूरा हुनदिदैन । नेपालमात्र होईन अन्य विकसित देशमा पनि यो सम्भावना छैन । चित्र १ मा हेर्दा खेरी नेपलमा हालसम्म प्रति हजार जनसंख्यामा ०.३३ जनाको परिक्षण भएको छ । यो संख्या वंगलादेश भन्दा केहि वदी तर पाकिस्तान र भारतको भन्दा कम रहेको छ ।

 वैशाख १५ गतेसम्म नेपालमा RT-PCR विधिवाट १०४६१ र RDT (द्रुत परिक्षण) विधिवाट ४३०६३ जनाको कोरोना परिक्षण भईसकेको छ । RT-PCR विधिवाट परिक्षण गर्नको लागी हालसम्म नेपाल भरी १४ वटा प्रयोगशाला स्थापना भईसकेका छन । यी सवै प्रोगशालावाट परीक्षणको कार्यहरु भईराखेको छ । तर के कसरी परिक्षणको कार्य भईरहेको छ भन्ने जान्नको लागी १४ वटा प्रयोगशालाले निकालेको पछिल्लो सात दिनको नतिजाको तथ्यांक विश्लेषणवाट वभिन्न अवस्थाहरु देखिएको छ । समग्रमा हेर्दाखेरी सवै प्रयोगशालामा एकै नाशले परीक्षण भईरहेको छ भन्ने देखिदैन । कुनै प्रयोगशालामा धेरै परीक्षण हुने गरेको छ भने कुनैमा थोरै नगण्य अवस्थामा परीक्षण भईरहेको छ ।

तल देखाईएको चित्र २ अनुरुप टेकुको राष्ट्रिय जनस्वास्थय प्रयोगशालाले सात दिनको औषतमा १५७ जनाको कोरोना परिक्षणको नतिजा निकालेको छ । जुन अन्य प्रयोगशालाहरुको तुलनामा सवभन्दा अधिकत हो । सात दिने औषत न्यूनतम संख्याको नतिजा प्रकाशन गर्ने प्रयोगशालामा पाटन अस्पाल र सुर्खेत प्राविधिक अस्पताल रहेकाछन । यी दुईवटा प्रयोगशालको औषत नतिजा प्रकाशन २ जना रहेको छ । वाकि १२ वटाले प्रकाशन गरेको पछिल्लो सात दिने औषत परीक्षणको नतिजा पनि सोहि चित्र १ मा प्रष्ट हेर्न सक्नुहुन्छ ।


चित्र ३, ४, ५ ले १४ वटा प्रयोगशालाले पछिल्लो सात दिन भित्र दैनिकरुपमा निकालेको नतिजाको संख्या देखाएको छ । जसअनुरुप टेकुको राष्ट्रिय जनस्वास्थय प्रयोगशालाले न्यूनतम ८४ जना र अधिकत ३०७ जना सम्मको दैनिक नतिजा प्रकाशित गरेको छ । टेकुको प्रयोगशाला पश्चात सेती प्रादेशिक प्रयोगशाला, धनगढी र वि पी स्वास्थय विज्यान प्रतिष्ठान, धरानले केहि तुलनात्मक उल्लेखनीय मात्रामा परिक्षण नतिजा प्रकाशन गरेको छ । वाकि ११ वटा प्रयोगशालाको नतिजा प्रकाशन त्यति उल्लेखनीय देखिदैन, जुन चित्र ४ र ५ मा हेर्न सकिन्छ । पोखरा स्वास्थय विज्यान प्रतिष्ठानले पछिल्लो सात दिन भित्र अधिकतम २१ जनाको नतिजा प्रकाशन गरेको छ भने दुई दिन कुनै पनि नतिजा प्रकाशन गरेको छैन । कोशी अस्पताल, विराटनगरले सात दिनभित्र एक दिन ४५ जनाको नतिजा प्रकाशन गरेको छ भने वाकि दिनहरुमा कुनै नतिजा प्रकाशन गरेको छैन । चित्र ५ मा देखाईएका प्रयोगशालाहरुको नतिजा प्रकाशन निकै नै न्यून रहेको छ ।




स्वास्थय मन्त्रालयले PCR  RDT परीक्षण विधीवाट जम्मा ५३,४८२ जनाको परिक्षण नतिजा प्रकाशन भएकोमा, १९% PCR र ८१% RDT रहेको छ । यसरी डाटा विश्लेषणवाट तथ्यहरु केलाउदा सरकार RDT परीक्षण विधीमा वदी केन्द्रित रहेको देखिन्छ नै साथ साथै स्थानीयस्तरमा स्थापित PCR प्रयोगशालाको उचित उपयोग नभईरहेको स्पष्ट देखिन्छ ।

लकडाउनको समय बदेसंगै आर्थिक समस्यामा पर्ने जनसंख्या बददै गएको छ । हिजो तत्काल दैनिक ज्यालदारी गरी हुदा खाने वर्ग मारमा परेका थिए भने । अव क्रमश निम्न मध्यम आय भएको समूहलाई छुदै गएको छ । जस्तै साना उधोग र साना पसल व्यवसाय गरेर खाने वर्ग रहेको छ । एक महिनाको गुजारा भएको वचतवाट खर्च टारेका छन ।  लकडाउनको असिमीत समयसीमाले आय त शून्य भई हाल्यो वचत शून्य तर्फ जाने पीर यो वर्ग थपिएको छ ।

RDT परीक्षण माथी प्रश्न उठिरहेको अवस्थामा स्थापित विश्वसनीय PCR प्रयोगशालाको अधिकतम उपयोग गरी परिक्षणको संख्या वदाएको खण्डमा संक्रमणको अवस्था अनुमान गरी लकडाउन खुकुलो वनाउ सकेमा सवैको कल्याण हुन्थ्यो ।


(तथ्यांक स्रोत: चित्र १ वाहेक स्वास्थय मन्त्रालय स्थिति प्रतिवेदन)

No comments:

Post a Comment