# Result Section:
This should describe what you have found. The interpretation and explanation should be left for discussion section.
# Discussion section
This section should interpret the findings and discuss implication of result section. While it can be helpful to briefly remind your reader of the results, don’t repeat your data in detail.
# Each paragraph deals with a specific topic. Ending a paragraph tells your reader that this topic is over and you are now moving onto a new one. There are no rules on length – a paragraph should be as long as it takes to introduce, discuss, and conclude a specific topic.
# Introduce the topic of your paragraph in the first sentence (this is called the topic sentence). For example:
Raf kinases have been implicated in tumour metastasis
tells the reader that this paragraph will explain how Raf kinases influence metastasis.
Expand on the topic in the next few sentences. For example, you may talk about how Raf kinases promote tumour cell proliferation and migration. Once your topic is fully developed, finish the paragraph by drawing your conclusion:
Mutations in Raf kinase genes promote metastasis by increasing tumour cell proliferation and migration.
# Link your paragraphs with transitions to improve the flow of your text. Transitions are sentences that tell the reader what is coming next. For example:
These findings suggest that Raf kinases are promising targets for cancer therapy
is a good transition to a paragraph about anticancer drugs that target Raf kinases. Use transition words to link your ideas, but take care not to overuse your favorites as repetition can annoy your reader.
# Avoid long, wordy phrases when a single word will do (e.g. because instead of due to the fact that).
# Use the active voice. It tends to be easier to read than the passive voice (e.g. exercise reduces stress instead of stress is reduced by exercise).
# Cut any redundant information, such as unnecessary adjectives (e.g. past history) and adverbs (e.g. completely eliminate).
# Don’t turn verbs into nouns (e.g. coffee consumption correlated positively with insomnia is better than there was a positive correlation between coffee consumption and insomnia).
Saturday, July 11, 2020
Friday, May 1, 2020
यो हप्ता कोरोना परिक्षणको प्रगति कस्तो रहयो?
हामी एक महिनाभन्दा
वदी लकडाउनको अवस्थामा गुजुरिरहेका छौ । आगमी वैशाख २५ गतेसम्म लकडाउनमै वस्नु पर्ने
अवस्थामा छौ । स्वास्थय मन्त्रालयले अगामी लकडाउनको मोडेल testing, tracing and transmission को अवस्था कस्तो
रहन्छ त्यसमा भर पर्ने उल्लेख गरेका छन । संक्रमणको अवस्था वुझ्न कोरोना परिक्षण
महत्वपूर्ण रहेको छ ।
अमेरिकाले संसारमा सवैभन्दा वदी आजको दिन (2 May 2020) सम्म करीव 67 लाख जनंसख्यामा कोरोना परिक्षण गरेको छ
।(स्रोतः https://www.worldometers.info/coronavirus/) यो परिक्षणको
संख्या त्यस देशको दश लाख जनसंख्यामा करीव 20 हजार जना हुन आउंछ । नेपालमा PCR र RDT विधिवाट करीव 60
हजारको हाराहारीमा परिक्षण भएको छ जुन नेपालको दश लाख जनसंख्यामा करीव 2 हजार जना
हुन आउंछ । छिमेकी भारतमा करीव 9 लाखको परिक्षण हुंदा भारतको दश लाख जनसंख्यामा यो
650 जना हुन आउंछ । तुलनात्मक हिसावले नेपालको कोरोना परिक्षणको अवस्था अमेरीकाको
दांजो 10 गुणाले कम तर भारतको दांजोमा चार गुणाले वदी रहेको छ । उल्लेखित तीनदेशको
परिक्षण, संक्रमितको संख्या र संक्रमणको
फैलावटलाई तुलनात्मक विशलेषण गर्दा, नेपालमा संक्रमणको फैलावाट धेरै कम रहेको
अनुमान गर्न सकिन्छ ।
सैदान्तिक हिसावले गर्न
सकिने हो भने एकै चोटी देशमा भएभरको सवै जनसंख्याको कोरोना परीक्षण गर्न सक्दा
सवभन्दा उत्तम हो । ।
यसले करीवन ठ्याक्कै यति जना संक्रमित छन भन्ने देखाउछ । संक्रमितलाई आईसोलेशनमा
राख्ने वित्तकै वाकी असंक्रमितमा कोरोना सर्ने सम्भावना शून्य सरह रहन्छ । यो
सैद्धान्तिक परिकल्पना मात्र हो । व्यवहारीक हिसावमा यो सम्भव हुदैन । उपलव्ध
स्रोत, साधन र जनशक्तिले सैद्धान्तिक परिकल्पना पूरा हुनदिदैन । नेपालमात्र होईन
अन्य विकसित देशमा पनि यो सम्भावना छैन । नेपालले थप विश्वस्त हुनलाई परिक्षणको
दायरा वदाउनु उपयुक्त नै छ । त्यसमाथी RDT परिक्षणको विश्वासनियतामा प्रश्नहरु उठिरहेकै छ । नेपालको कुल 60 हजार
परिक्षणमा RDT वाट 80% प्रतिशत परिक्षण भएको छ ।
चित्र १, २, ३ ले नेपालको विभिन्न १४ वटा स्थानमा रहेको प्रयोगशालाले यो दैनिकरुपमा यो हप्ता भएको कोरोना परिक्षणको संख्या देखाएको छ । जसअनुरुप
टेकुको राष्ट्रिय जनस्वास्थय प्रयोगशालाले न्यूनतम १०६ जना र अधिकत ३९७ जना सम्मको दैनिक कोरोना परिक्षण गरेको छ । टेकुको प्रयोगशाला पश्चात कोशी अस्पताल विराटनगर, भेरी
अस्पताल नेपालगन्ज
र वि पी स्वास्थय विज्यान प्रतिष्ठान, धरानले केहि तुलनात्मक उल्लेखनीय मात्रामा कोरोरना परिक्षण गरेको छ । वाकि ११ वटा
प्रयोगशालाको परिक्षण संख्या
त्यति उल्लेखनीय देखिदैन, जुन चित्र २ र ३ मा हेर्न सकिन्छ । पाटन अस्पालमा
परिक्षणको संख्या सवैभन्दा न्यून रहेको छ भने जनकपुरको प्रादेशिक अस्पतालमा कोरोना
परिक्षणको अवस्था यो हप्ता शून्य नै रहेको छ । चित्र ३ मा देखाईएका प्रयोगशालाहरुको कोरोना परिक्षणको
प्रगति निकै नै न्यून रहेको
छ ।
चित्र ४ मा RDT विधिवाट क्षेत्रगतरुपमा
यो हप्ता दैनिकरुपमा भएको परिक्षणको विवरण देखाईएको छ । सुदूर पश्चिम प्रदेशमा
दैनिक अधिकतमा 986 जना र न्यूनतम 322 जनाको RDT वाट परिक्षण भएको छ । अन्य प्रदेशको तुलनामा प्रदेश २ को दैनिक RDT परिक्षण प्रगति न्यून रहेको छ ।
यसरी डाटा विश्लेषणवाट
तथ्यहरु केलाउदा RDT परीक्षण
विधीमा सरकार वदी केन्द्रित
रहेको देखिन्छ नै साथ साथै स्थानीयस्तरमा स्थापित PCR प्रयोगशालाको उचित उपयोग नभईरहेको
स्पष्ट देखिन्छ ।
लकडाउनको समय वदेसंगै
आर्थिक समस्यामा पर्ने जनसंख्या बददै गएको छ । हिजो तत्काल दैनिक ज्यालदारी गरी
हुदा खाने वर्ग मारमा परेका थिए भने । अव क्रमश निम्न मध्यम आय भएको समूहलाई छुदै
गएको छ ।
RDT परीक्षण
माथी प्रश्न उठिरहेको अवस्थामा स्थापित विश्वसनीय PCR प्रयोगशालाको अधिकतम उपयोग गरी PCR
विधिवाट कोरोना परिक्षणको संख्या वदाउनुपर्ने देखिन्छ
।
Tuesday, April 28, 2020
कोरोना परिक्षणको नतिजा प्रकाशनको अवस्था कस्तो छ ?
हामी एक महिनाभन्दा
वदी लकडाउनको अवस्थामा गुजुरिरहेका छौ । आगमी २५ गतेसम्म लकडाउनमै वस्नु पर्ने
अवस्थामा छौ । ततपश्चातको अवस्था पनि अन्योल नै छ । लकडाउनको अवस्थावाट पार पाउनको
लागी, के कति संख्यामा कोरोनाको परिक्षण भयो र त्यसवाट आउने परिक्षणको नतिजाले
अहंम भूमिका खेल्दछ । जति वदी संख्यामा परिक्षण गर्न सकियो र त्यसले दिने नतिजाले
लकडाउन खुकुलो पार्ने वा झन कस्ने भन्ने निर्णय गर्न सजिलो वनाउदछ । तर अहंम
प्रश्न भनेको जति वदी भन्नाले कति रहेको छ? गर्न सकिने हो भने एकै चोटी देशमा
भएभरको सवै जनसंख्याको कोरोना परीक्षण गर्न सक्दा सवभन्दा उत्तम हो । यसले करीवन
ठ्याक्कै यति जना संक्रमित छन भन्ने देखाउछ । संक्रमितलाई आईसोलेशनमा राख्ने
वित्तकै वाकी असंक्रमितमा कोरोना सर्ने सम्भावना शून्य सरह रहन्छ । यो सैद्धान्तिक
परिकल्पना मात्र हो । व्यवहारीक हिसावमा यो सम्भव हुदैन । उपलव्ध स्रोत, साधन र
जनशक्तिले सैद्धान्तिक परिकल्पना पूरा हुनदिदैन । नेपालमात्र होईन अन्य विकसित
देशमा पनि यो सम्भावना छैन । चित्र १ मा हेर्दा खेरी नेपलमा हालसम्म प्रति हजार
जनसंख्यामा ०.३३ जनाको परिक्षण
भएको छ । यो संख्या वंगलादेश भन्दा केहि वदी तर पाकिस्तान र भारतको भन्दा कम रहेको
छ ।
तल देखाईएको चित्र २
अनुरुप टेकुको राष्ट्रिय जनस्वास्थय प्रयोगशालाले सात दिनको औषतमा १५७ जनाको
कोरोना परिक्षणको नतिजा निकालेको छ । जुन अन्य प्रयोगशालाहरुको तुलनामा सवभन्दा
अधिकत हो । सात दिने औषत न्यूनतम संख्याको नतिजा प्रकाशन गर्ने प्रयोगशालामा पाटन
अस्पाल र सुर्खेत प्राविधिक अस्पताल रहेकाछन । यी दुईवटा प्रयोगशालको औषत नतिजा
प्रकाशन २ जना रहेको छ । वाकि १२ वटाले प्रकाशन गरेको पछिल्लो सात दिने औषत
परीक्षणको नतिजा पनि सोहि चित्र १ मा प्रष्ट हेर्न सक्नुहुन्छ ।
चित्र ३, ४, ५ ले १४
वटा प्रयोगशालाले पछिल्लो सात दिन भित्र दैनिकरुपमा निकालेको नतिजाको संख्या
देखाएको छ । जसअनुरुप टेकुको राष्ट्रिय जनस्वास्थय प्रयोगशालाले न्यूनतम ८४ जना र
अधिकत ३०७ जना सम्मको दैनिक नतिजा प्रकाशित गरेको छ । टेकुको प्रयोगशाला पश्चात
सेती प्रादेशिक प्रयोगशाला, धनगढी र वि पी स्वास्थय विज्यान प्रतिष्ठान, धरानले
केहि तुलनात्मक उल्लेखनीय मात्रामा परिक्षण नतिजा प्रकाशन गरेको छ । वाकि ११ वटा
प्रयोगशालाको नतिजा प्रकाशन त्यति उल्लेखनीय देखिदैन, जुन चित्र ४ र ५ मा हेर्न
सकिन्छ । पोखरा स्वास्थय विज्यान प्रतिष्ठानले पछिल्लो सात दिन भित्र अधिकतम २१
जनाको नतिजा प्रकाशन गरेको छ भने दुई दिन कुनै पनि नतिजा प्रकाशन गरेको छैन । कोशी
अस्पताल, विराटनगरले सात दिनभित्र एक दिन ४५ जनाको नतिजा प्रकाशन गरेको छ भने वाकि
दिनहरुमा कुनै नतिजा प्रकाशन गरेको छैन । चित्र ५ मा देखाईएका प्रयोगशालाहरुको
नतिजा प्रकाशन निकै नै न्यून रहेको छ ।
स्वास्थय
मन्त्रालयले PCR र RDT परीक्षण
विधीवाट जम्मा ५३,४८२ जनाको परिक्षण नतिजा प्रकाशन भएकोमा, १९% PCR र ८१% RDT रहेको छ । यसरी डाटा विश्लेषणवाट तथ्यहरु केलाउदा
सरकार RDT परीक्षण विधीमा वदी
केन्द्रित रहेको देखिन्छ नै साथ साथै स्थानीयस्तरमा स्थापित PCR प्रयोगशालाको उचित उपयोग नभईरहेको स्पष्ट
देखिन्छ ।
लकडाउनको समय बदेसंगै आर्थिक समस्यामा पर्ने जनसंख्या बददै गएको छ । हिजो तत्काल दैनिक
ज्यालदारी गरी हुदा खाने वर्ग मारमा परेका थिए भने । अव क्रमश निम्न मध्यम आय भएको
समूहलाई छुदै गएको छ । जस्तै साना उधोग र साना पसल व्यवसाय गरेर खाने वर्ग रहेको छ
। एक महिनाको गुजारा भएको वचतवाट खर्च टारेका छन । लकडाउनको असिमीत समयसीमाले आय त शून्य भई
हाल्यो वचत शून्य तर्फ जाने पीर यो वर्ग थपिएको छ ।
RDT परीक्षण माथी
प्रश्न उठिरहेको अवस्थामा स्थापित विश्वसनीय PCR प्रयोगशालाको अधिकतम उपयोग गरी परिक्षणको संख्या
वदाएको खण्डमा संक्रमणको अवस्था अनुमान गरी लकडाउन खुकुलो वनाउ सकेमा सवैको कल्याण
हुन्थ्यो ।
(तथ्यांक
स्रोत: चित्र १ वाहेक स्वास्थय मन्त्रालय स्थिति प्रतिवेदन)
Friday, April 24, 2020
डा पुन अनि डा ली वेनलियाङ
![]() |
| डा पुन |
डा शेर वहादुर पुन,
शायद कोरोनाले माहामारीको अवस्था नलिएको भए तपाई हाम्रो लागी यो नाम गुमनाम नै
हुन्थ्यो । डा पुन आफ्नो कर्म क्रियामा दत्तचित्त भई लागिरहन्थे, समाज आफ्नो गतिमा
वगीरहन्थ्यो ।
मलै डा पुन लाई पहिलो
चोटि कान्तिपुर टिभीको सरोकार कार्यक्रममा सुनेको र देखेको हु । त्यस कार्यक्रममा
प्रस्तोताले कोरोनासंग विकसित देशहरु पनि हायलकायल भएको सम्वन्धको प्रश्नमा वहाले
भन्नु भएको थियो “कुनै पनि
महामारी म आउदैछु भन्दै भन्दैन । हाम्रो सरकारले के तयारी गर्दैछ भनेर सोध्यो भने,
मैले (डा पुन) भन्ने जवाफ भनेको ‘कुन
देशले पूर्ण तयारी गर्न सक्छ त?’
। यो भनेको अचानक आउने हो । “ डा
पुनको जिकिर भनेको कुन मात्राको महामारी आउछ कसैलाई थाहा हुदैन । महामारीको वेग
तीव्रभयो भने कुनैपनि देशको तयारीले त्यसलाई सामना गर्न सक्दैन भन्ने थियो ।
युटुयुवमा यो कार्यक्रम यस लिंकमा पुन हेर्न सक्नु हुन्छ । https://youtu.be/XHLmCrlX9Mo?list=PLwUmS78P9jN0qG9X2bLohfxqjcaGJaVb7
प्रस्तोताको जवाफ
दिने क्रममा वहाको राष्ट्र प्रतिको फिलिंगस र टेकु अस्पतालसंगको मोह प्रष्ट अनुभव
गर्न सकिन्छ ।
यो सरोकार टिभी
कार्यक्रम प्रसारण हुनु भन्दा करीव एक हप्ता अगाडी कोरोनाको समवन्धमा रिपोर्टस
क्लवमा डा सुन्दरमणी दिक्षितको पत्रकार भेटघाट कार्यक्रमले सवैको कान ठाडो पारेको
थियो र देशै भरी चर्चाको विषय वन्यो । डा दिक्षितले सरकारलाई गाली गर्नुको साथै
कोरोनावारे सरकारले जनतालाई धोका दिईरहेको आक्षेप सम्म लगाएका थिए । टेकु
अस्पतालमाथि प्रश्नहरुको वर्षा गरेका थिए ।
विश्वमा हलचल
मचाईरहेको कोरोना नेपालमा छ, छैन भन्ने अन्योलता वीच आएको डा दिक्षितको भनाईले
ठूलो तरंग उतपन्न गरायो । सरकारले पनि आधिकारीकरुपमा केहि कुरा राख्न सकेन । न
पक्षमा न विपक्षमा । तर कान्तिपुर टिभीको सरोकार कार्यक्रममा डा पुनले स्पष्टरुपमा
डा दिक्षितको भनाईलाई खण्डन गरेका छन । सरकार र टेकु अस्पतालको पक्ष लिएका छन ।
कुनै अन्य सरकारी अधिकारीले डा दिक्षितको सरकारमाथी गरेको हमलाको जवाफ फर्काएका
छैनन् ।
लकडाउन अवधिभर डा
पुनका विचारहरु संचार माध्यममा छाईराख्यो । तर अकस्मात स्वास्थय मन्त्रालयको डा
पुन माथीको कार्वाहि पत्रको समाचारले समाजको माथालिंग नै हल्लाईदियो । के देशमा
एउटा विज्ञले जानेको वुझेको सिकेको ज्ञान र अनुभव समाजमा फैलाउनु अपराध भयो? कुनै
सरकारी संस्थामा काम गरेको व्यक्तिले आफ्नो विज्ञता अनुरूपको जन उपयोगी विचार राख्न
पाईदैन त?
![]() |
| डा ली वेनलियाङ |
कोरोनाको सम्वन्धमा
यी प्रश्नहरु झनै महत्वपूर्ण रहेको छ । अहिले फैलिरहेको कोरोनावारे पहिलो सूचना
सार्वजनिक गर्ने व्यक्ति चीनका डा लि वेनलियाङ हुन । यिनै डा लि ले अव यो भाईरसले
विश्वमा महामारीको रुप लिने अनुमान गरेको थिए । यसरी सूचना दिएवापत चीनका
अधिकारीहरु सचेत हुनुको साटो कार्वाहि गर्न तर्फ लागे । यदि डा लि को सूचनालाई चीनका
अधिकारीहरुले वेलैमा गम्भिरतापूर्वक लिएर कुनै काम
कार्वाहि अगाडी वदाएको भए आज यो विश्वमा कोरोनाको महामारी फैलिदैन थियो होला । चीनको
यहि गल्तीले डा लि लाई चिनीया अधिकारीहरु क्षंमाप्राथी सहित मृतक डा लि लाई शहिद
घोषणा गर्न वाध्य भएका छन ।
चीनको गल्ती नेपालका
अधिकारीहरुले नसिकेका वा नजानेका के हो ? वहांहरुकै विषय भयो । तर नेपाली
अधिकारीहरुको प्रवक्ताले मात्र सूचना प्रवाह गर्नुपर्ने जिकरी कतिको उपयुक्त हो ?
अर्को प्रश्न रहेको छ । यसैमा प्रति प्रश्न पनि रहन्छ: के प्रवक्ता हरेक विषयको
विषय विज्ञ हो त ? प्रवक्ताले संस्थाको संस्थागत सूचना दिने हो विज्ञताको होईन । विज्ञले
प्रवक्तालाई मेरो कुरा यस्तो छ भनी दिन पर्यो भनी निवेदन दिनपर्ने अवस्थामा न विज्ञ
आफ्नो करा राख्न प्रोत्साहित हुन्छन न त प्रवक्ताले नै कुरा वुझेर कुरा राख्न
सक्छन । झन यसले communication
distortion ल्याई दिन्छ । “आग्रा न गाग्राका कुरा” भने झै हुन्छ ।
विपद वाजा वजाएर आउदैन
। आज विश्वले भोगी रहेको माहामारीको एउटा कारक तत्व भनेको डा लि वेनलियाङ को मुख
थुन्नु पनि हो । विषय विज्ञ वोल्दा उपयुक्त हुन्छ कि प्रवक्ता ? यसको जवाफ
प्रधानमन्त्री ओलीले मन तातो पानीले हात धुंदा भाईरस मर्छ भनी दिनु भएको प्रवचनले
दिईसकेको छ ।
दुवै स्वास्थय
मन्त्रालयको पत्र र डा पुनको विज्ञप्ति पदियो । भित्री कुरा के कस्तो भए दैव जानून
। जे जसरी टुंगो लागेको भए पनि, मुख थुनिएको कि नथुनिएको भोलीका दिनमा हिजो जसरी
डा पुन उनमुक्त साथ प्रस्तुत भएका थिए, भोली त्यसरी हुन्छन कि हुदैन ? यसैवाट थाहा
पाईन्छ नै । साथै जनताको स्मरण शक्ति त्यति कमजोर पनि छैन, जनताले यसको हिसावकिताव
अवश्य राख्ने छन् ।
डा लि शहिद हुनु एक
हप्ता अगाडि न्यूयोर्क टाईम्समा दिनुभएको अन्तर्वातामा भनेका छन “यदि अधिकारीहरुले कोरोनाको सूचना वेलैमा सार्वजनिक गरेको
भए स्थिति वेग्लै हुन्थ्यो ।“ साथै यस
अन्तर्वातामा डा लि ले उल्लेख गरेका छन “पुलिसले मलाई
अफवाह फैलाएको स्वीकार्न लगायो” । पुरा अन्तर्वाता
पदनको लागी यस लिंकमा जान सक्नु हुनेछ । https://www.nytimes.com/2020/02/07/world/asia/Li-Wenliang-china-coronavirus.html डा लि लाई हतोत्साही गर्ने सरकारी अधिकारीलाई
चीनका माथिल्लो अधिकारीहरुले कार्वाहि गरिसकेको छ । डा लि को परिवारसंग
सरकारीस्तरवाट माफी पनि मागी सकेको छ ।
Friday, April 3, 2020
क्वारेन्टिनको रहर आयो बरी लै, तर मापदण्ड?

अहिले देशमा कोरोनाको महामारी फैलिरहेको छ। यसमा विभिन्न क्षेत्र र तहले आफूले सक्ने काम गरिरहेको छ। तर यो महामारी अन्य विपद् भन्दा फरक छ। यस विपद्मा कसैको हेल्चक्रयाईँ वा हिरोइज्म (Heroism) बन्ने लालसाले समाज र देशले ठूलो मूल्य चुकाउनु पर्ने हुनसक्छ। यहाँ प्रसंग क्वारेन्टिन (हाम्रोमा क्वारेन्टाइन लेख्ने चलन छ। खास उच्चारण चैँ क्वारेन्टिन हो) बनाउने रहरलाई लिन गइरहेको छु।
सरकारले चीनको वुहानबाट नेपाली ल्याई खरिपाटीमा क्वारेन्टिनमा राखेको कामलाई सबैले प्रशंसा गरेका थिए। शायद यही सिकाइले होला, हरेक गाउँपालिका, नगरपालिका र अन्य संस्थालाई क्वारेन्टिन बनाउने रहर चलेको।
नेपाल सरकारले क्वारेन्टिन मापदण्ड २०७६ जारी गरेको छ। यहाँ क्लिक गरी हेर्नुस्। यस मापदण्डमा क्वारेन्टिनको परिभाषा यस्तो छ, “कुनै रोगको संक्रमणको फैलन सक्ने अवस्थालाई आंकलन गरी उक्त संक्रमित इलाका वा संक्रमितको सम्पर्कमा रहेका वा आवास वा होटेलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्क वा छुट्टयाई तोकिएको स्थान वा घरमा १४ (चौध) दिनसम्म अलग्गै राखिने अवस्था जनाउँछ।”
यसै मापदण्डमा क्वारेन्टिन स्थल बनाउन विभिन्न मापदण्ड तय गरिएको छ। तर के सबैले यो मापदण्ड अनुसार क्वारेन्टिन स्थल बनाएका छन् त? तल, अनलाइन र राष्ट्रिय पत्रिकामा प्रकाशित क्वारेन्टिन स्थलका फोटोहरु हेर्नुस्।

तस्वीर २, स्रोत: गोरखापत्र २०७६-१२-१३
तस्विर आफै बोल्छ, सरकारको मापदण्ड पूरा भएका छन् कि छैनन्।
पहिलो फोटोमा दुईजना सेलिब्रिटी उभिएका छन् र उहाँहरुको पछाडि कुनै स्कूलको दुईवटा डेस्क मिलाएर जवर्जस्ती वेड बनाइएको छ। दुईवटा बेन्चको बस्ने भाग जोडिएको छैन। बीचमा केही अस्थायी वस्तु राखेर छोपिएको छ। यस्तोमा मान्छे कसरी सुत्न सक्छन्? त्यस्तै धारा भएको सानो पानीकोे ड्रम राखिएको छ। त्यसमा हात धुने हो भने हात धोएको पानीको निकास कता हो ? न तल बाटा नै छ। सुत्ने ठाउँमा हात धुँदा कतिको सो स्थान hygienic होला?
त्यस्तै दोस्रो फोटो विशलेषण गर्ने हो भने एउटै कोठामा छ वटा भन्दा बढी बेड राखिएको छ। जबकि सरकारी मापदण्डले स्पष्ट एक कोठामा अधिकतम तीन जना राख्ने भनेको छ र स्नान गृह हुनुपर्ने भनेको छ। एक बेड र अर्को बेडबीचको दूरी मुश्किलले दुई फिट होला। यसमा मापदण्डले ३।५ फिट भनेको छ। सुत्ने कोठामा हात धुनु कतिको hygienic हुन्छ, सबैले बुझ्ने विषय नै हो।
जथाभावी क्वारेन्टिनले झनै जोखिम
संक्रमणको जोखिम कम गर्न क्वारेन्टिन स्थलमा राख्नु पर्ने हो तर जथाभावी क्वारेन्टिन स्थलमा जबर्जस्ती क्वारेन्टिनमा राख्दा जोखिम कम होइन उल्टो बढाउँछ। अनाहकमा जोखिममा नपरिने व्यक्ति पनि जोखिममा पर्छ। उदाहरणको लागी दुबईबाट आएका व्यक्तिहरु र भारतबाट आएका व्यक्तिहरु १४, १४ दिन सम्म एकै ठाँउमा राख्दा कुनै कुनै सम्पर्क र लसपस अवश्य पनि हुन्छ। यदि दुबईबाट आएको व्यक्तिहरुमा संक्रमण छ तर भारतबाट आएकोमा थिएन भने क्वारेन्टिन स्थलमा बसेकै कारण भारतबाट आउने व्यक्तिहरुमा संक्रमण फैलिने भयो।
मापदण्डको समीक्षा आवश्यक
विभिन्न विदेशी संचार माध्यमले social distancing को दूरी दुई मिटर हुनपर्ने भनेर प्रचार प्रसार गरिरहेका छन्। हालको मापदण्डले करिब एक मिटरको दुरी कायम गर्नुपर्ने भनेको छ। त्यस्तै ६ जनाको लागि एउटा शौचालय भनेको छ। होम क्वारेन्टिन बस्दा शौचालय अलग हुनपर्ने भनेको छ। तथा अन्य अव्यवहारिक बूँदाहरु छन जुन परिमार्जन गर्दा राम्रो हुन्छ। क्वारेन्टिन अनुगमन र सुपरिवेक्षण समिति उल्लेख छ। तर मूल्यांकन कसले, कसरी गर्ने हो, त्यो थाहा छैन।
विभिन्न विदेशी संचार माध्यमले social distancing को दूरी दुई मिटर हुनपर्ने भनेर प्रचार प्रसार गरिरहेका छन्। हालको मापदण्डले करिब एक मिटरको दुरी कायम गर्नुपर्ने भनेको छ। त्यस्तै ६ जनाको लागि एउटा शौचालय भनेको छ। होम क्वारेन्टिन बस्दा शौचालय अलग हुनपर्ने भनेको छ। तथा अन्य अव्यवहारिक बूँदाहरु छन जुन परिमार्जन गर्दा राम्रो हुन्छ। क्वारेन्टिन अनुगमन र सुपरिवेक्षण समिति उल्लेख छ। तर मूल्यांकन कसले, कसरी गर्ने हो, त्यो थाहा छैन।
अन्त्यमा, सरकारले क्वारेन्टिनमा नबस्नेलाई कारबाही भनेको छ। तर मापदण्ड विपरित क्वारेन्टिन बनाउनेलाई छुट भन्न खोजको हो त?
Also published on https://www.mysansar.com/2020/04/39467/#more-39467
Also published on https://www.mysansar.com/2020/04/39467/#more-39467
Friday, January 24, 2020
Time Management
Subscribe to:
Posts (Atom)







