Friday, May 1, 2020

यो हप्ता कोरोना परिक्षणको प्रगति कस्तो रहयो?

हामी एक महिनाभन्दा वदी लकडाउनको अवस्थामा गुजुरिरहेका छौ । आगमी वैशाख २५ गतेसम्म लकडाउनमै वस्नु पर्ने अवस्थामा छौ । स्वास्थय मन्त्रालयले अगामी लकडाउनको मोडेल testing, tracing and transmission को अवस्था कस्तो रहन्छ त्यसमा भर पर्ने उल्लेख गरेका छन । संक्रमणको अवस्था वुझ्न कोरोना परिक्षण महत्वपूर्ण रहेको छ ।

अमेरिकाले संसारमा सवैभन्दा वदी आजको दिन (2 May 2020) सम्म करीव 67 लाख जनंसख्यामा कोरोना परिक्षण गरेको छ ।(स्रोतः https://www.worldometers.info/coronavirus/) यो परिक्षणको संख्या त्यस देशको दश लाख जनसंख्यामा करीव 20 हजार जना हुन आउंछ । नेपालमा PCR RDT विधिवाट करीव 60 हजारको हाराहारीमा परिक्षण भएको छ जुन नेपालको दश लाख जनसंख्यामा करीव 2 हजार जना हुन आउंछ । छिमेकी भारतमा करीव 9 लाखको परिक्षण हुंदा भारतको दश लाख जनसंख्यामा यो 650 जना हुन आउंछ । तुलनात्मक हिसावले नेपालको कोरोना परिक्षणको अवस्था अमेरीकाको दांजो 10 गुणाले कम तर भारतको दांजोमा चार गुणाले वदी रहेको छ । उल्लेखित तीनदेशको परिक्षण,  संक्रमितको संख्या र संक्रमणको फैलावटलाई तुलनात्मक विशलेषण गर्दा, नेपालमा संक्रमणको फैलावाट धेरै कम रहेको अनुमान गर्न सकिन्छ ।

सैदान्तिक हिसावले गर्न सकिने हो भने एकै चोटी देशमा भएभरको सवै जनसंख्याको कोरोना परीक्षण गर्न सक्दा सवभन्दा उत्तम हो । । यसले करीवन ठ्याक्कै यति जना संक्रमित छन भन्ने देखाउछ । संक्रमितलाई आईसोलेशनमा राख्ने वित्तकै वाकी असंक्रमितमा कोरोना सर्ने सम्भावना शून्य सरह रहन्छ । यो सैद्धान्तिक परिकल्पना मात्र हो । व्यवहारीक हिसावमा यो सम्भव हुदैन । उपलव्ध स्रोत, साधन र जनशक्तिले सैद्धान्तिक परिकल्पना पूरा हुनदिदैन । नेपालमात्र होईन अन्य विकसित देशमा पनि यो सम्भावना छैन । नेपालले थप विश्वस्त हुनलाई परिक्षणको दायरा वदाउनु उपयुक्त नै छ । त्यसमाथी RDT परिक्षणको विश्वासनियतामा प्रश्नहरु उठिरहेकै छ । नेपालको कुल 60 हजार परिक्षणमा RDT  वाट 80% प्रतिशत परिक्षण भएको छ ।


RT-PCR विधिवाट परिक्षण गर्नको लागी हालसम्म नेपाल भरी १४ वटा प्रयोगशाला स्थापना भईसकेका छन । यी सवै प्रोगशालावाट परीक्षणको कार्यहरु भईराखेको छ । ती प्रयोगशालावाट यो हप्ता कति कोरोनाको परिक्षण भयो उल्लेखित चित्रहरुमा देखाईएको छ । समग्रमा हेर्दाखेरी सवै प्रयोगशालामा एकै नाशले परीक्षण भईरहेको छ भन्ने देखिदैन । कुनै प्रयोगशालामा धेरै परीक्षण भएको छ भने कुनैमा थोरै नगण्य अवस्थामा परीक्षण भएका छन





चित्र १, २, ले नेपालको विभिन्न १४ वटा स्थानमा रहेको प्रयोगशालाले यो दैनिकरुपमा यो हप्ता भएको कोरोना परिक्षणको संख्या देखाएको छ । जसअनुरुप टेकुको राष्ट्रिय जनस्वास्थय प्रयोगशालाले न्यूनतम १०६ जना र अधिकत ३९७ जना सम्मको दैनिक कोरोना परिक्षण गरेको छ । टेकुको प्रयोगशाला पश्चात कोशी अस्पताल विराटनगर, भेरी अस्पताल नेपालगन्ज र वि पी स्वास्थय विज्यान प्रतिष्ठान, धरानले केहि तुलनात्मक उल्लेखनीय मात्रामा कोरोरना परिक्षण गरेको छ । वाकि ११ वटा प्रयोगशालाको परिक्षण संख्या त्यति उल्लेखनीय देखिदैन, जुन चित्र २ र ३ मा हेर्न सकिन्छ । पाटन अस्पालमा परिक्षणको संख्या सवैभन्दा न्यून रहेको छ भने जनकपुरको प्रादेशिक अस्पतालमा कोरोना परिक्षणको अवस्था यो हप्ता शून्य नै रहेको छ । चित्र मा देखाईएका प्रयोगशालाहरुको कोरोना परिक्षणको प्रगति निकै नै न्यून रहेको छ ।


चित्र ४ मा RDT विधिवाट क्षेत्रगतरुपमा यो हप्ता दैनिकरुपमा भएको परिक्षणको विवरण देखाईएको छ । सुदूर पश्चिम प्रदेशमा दैनिक अधिकतमा 986 जना र न्यूनतम 322 जनाको RDT वाट परिक्षण भएको छ । अन्य प्रदेशको तुलनामा प्रदेश २ को दैनिक RDT परिक्षण प्रगति न्यून रहेको छ ।

यसरी डाटा विश्लेषणवाट तथ्यहरु केलाउदा RDT परीक्षण विधीमा सरकार वदी केन्द्रित रहेको देखिन्छ नै साथ साथै स्थानीयस्तरमा स्थापित PCR प्रयोगशालाको उचित उपयोग नभईरहेको स्पष्ट देखिन्छ ।

लकडाउनको समय वदेसंगै आर्थिक समस्यामा पर्ने जनसंख्या बददै गएको छ । हिजो तत्काल दैनिक ज्यालदारी गरी हुदा खाने वर्ग मारमा परेका थिए भने । अव क्रमश निम्न मध्यम आय भएको समूहलाई छुदै गएको छ ।

RDT परीक्षण माथी प्रश्न उठिरहेको अवस्थामा स्थापित विश्वसनीय PCR प्रयोगशालाको अधिकतम उपयोग गरी PCR विधिवाट कोरोना परिक्षणको संख्या वदाउनुपर्ने देखिन्छ ।

(तथ्यांक स्रोत: स्वास्थय मन्त्रालय स्थिति प्रतिवेदन तथा https://www.worldometers.info/coronavirus/)

No comments:

Post a Comment