https://www.setopati.com/blog/244184 मा प्रकाशित original व्ल्ग
मानिस कुन ठांउ, कसकोमा जन्मने उसको छनौटमा भर पर्दैन । जहां जन्मिन्छ, जसकोमा जन्मिन्छ त्यहिवाट हुर्केर क्रमशः छनौटको निर्णय गर्दै जाने हो । त्यस्तै जन्मेपछि कुन भाषा वोल्ने पनि उसको छनौटमा हुदैन । हुर्कदै गएपछि क्रमश छनौट गर्दै जाने हो । जन्मेपछि जुन भाषामा हुर्किन्छ त्यो पहिलो भाषा नै उसको मातृभाषा ठहरिन्छ र जन्मभरी त्यसैमा गाजिन्छ ।
भाषा मात्र एउटा माध्यम हो जसवाट एउटा व्यक्तिको अभिव्यक्ति अर्को व्यक्तिसम्म मूर्तरुपमा प्रसार हुन्छ । अन्य माध्यम जस्तो ईशारा, भावना, मुखाकृति, महशूस आदि अमूर्त हुन । संसारमा धेरै भाषा छन । सवै भाषाको आ-आफ्नै विज्ञान छ, अनि आ-आफ्नै नियम । आम मानिसले भाषा मार्फत अभिव्यक्ति प्रसार गर्दा भाषाको विज्ञान र नियममा पोख्त भएर दिएको हुदैन । त्यसमाथि दोस्रो भाषा वोल्दा थप कठिनाई हुनु, व्याकरण र अन्य नियम नमिल्नु स्वभाविक नै हो ।
मानिसले आफ्नो मातृभाषालाई जन्मे देखि नै प्राकृतिकरुमा ग्रहण गरेको हुन्छ । मातृभाषा भन्दा वाहिरको दोस्रो भाषा वाध्यात्मकरुपमा सिकेको हुन्छ । दोस्रो भाषाको सम्पूर्ण आरोह अवरोहमा आम नागरीक कमै मात्र अभयस्त हुन्छन । उदाहरणको लागी उच्च तहमा रहेका धेरैजसो पदेलेखेका नेपालीहरुलाई लिन सक्छौ जसले बोलेको अंग्रेजी पदे नलेखेको अंग्रेजी मातृभाषीको भन्दा गए गुज्रेको हुन्छ । यहां भन्न खोजेको विषय भनेको कोहि मानिसको भित्री आत्मिक अभीव्यक्ति जति उसले मातृभाषा मार्फत दिन सक्छ त्यति वाहिरवाट सिकेको दोस्रो भाषावाट गर्न सक्दैन ।
मातृ भाषीहरुको अधिकारको लागी लडने स्वः पदमरत्न तुलाधरले सधै एउटा भाषिक विभेदको उदाहरण दिनु हुन्थ्यो “ पंचायतकालमा वहांको आमालाई नेपाल भाषा वाहेक दोस्रो नेपाली भाषा वोल्न आउदैन थियो । त्यसै कारण वहांको आमाले वहालाई पंचायती प्रशासकहरुले जेलमा भेटन दिदैन थियो “ भनेर । राज्यले सदियौ देखि “एकै भाषा” को नारा दिएर देशको बिविध राष्ट्रिय भाषाहरुको उपेक्षा गरेको छ । बिविध राष्ट्रिय भाषाहरुको पहिचान, मान्यता र एक आपसी सम्मानलाई नकारेको छ । यसैको नकारत्मक प्रभाव समाजमा देख्न पाईराखेका छौ । उदाहरणको रुपमा नेवारलाई गैर नेवारले होच्याउनु, हिस्याउनु पर्यो भने “ज्यापु” भनेर जातिय निष्कृतता प्रकट गर्दछन । तर “ज्यापु” को शाव्दिक अर्थ के हो जान्न चाहादैनन वा जानेको हुदैन । “ज्यापु” को शाव्दिक अर्थ नेपालीमा भन्दा काम प्रति वलवान व्यक्ति हुन्छ । कुनै समुदाय वा व्यक्तिलाई काम प्रति वलवान भनेर होच्याउनु कतिको अर्थपूर्ण हो, गैर नेवारले आफ्नो संकृणता प्रति समीक्षा गर्नु पर्ने देखिन्छ । यसो हुनुको एउटा कारण भनेको नेपाली बाहेक अन्य राष्ट्रिय भाषाको पनि सम्मान र अस्तित्वलाई मान्यता दिनुपर्छ भन्ने अवधारणा नहुनु हो ।
केहि वर्ष पहिले एक साथीले रसुवामा भएको पोथी कुखुरा मारेको घटना सुनाउनु भएको थियो । त्यहां एउटा सुस्त मनस्थितिको राम्रोसित नेपाली वोल्न नजान्ने एकजना शेर्पा रहेछन । उनको आमा केहि दिन देखि गांउमा देखिएको थिएन । एक्कासी त्यस सुस्त मनस्थिति भएको व्यक्तिले “आमा मार्यो “, “आमा मार्यो “ भन्दै हिडेछन । उनको आमा गांउमा देखा नर्पनु र “आमा मार्यो” भन्दै हिडेपछि गांउले झसंग भएछन । खोजीनिति र पुलिस कार्वाहि अगाडी वदांउडा खेरी थाहा भयो कि उनको आमा आफ्नतकोमा गएकि रहेछिन र कसैले उनको पोथी कुखुरा मारेको रहेछ । यहां उल्लेखनीय विषय भनेको उनले “आमा” शव्द वाट अभिव्यक्त गर्न खोजेको “पोथी” लाई हो । तर उनमा दोस्रो भाषाको पूर्ण ज्ञान नहुंदा “पोथी”को ठांउमा उनले “आमा” भन्न पुगे र अर्थको अनर्थ लाग्यो ।
हाल जल्दो वल्दो घर डेराको विषयलाई भाषिक दृष्टिकोणवाट हेर्दा, राज्यको “एकै भाषा” नितीको कारण परेको नकारात्मक प्रभावकोरुपमा लिन सकिन्छ र अनाहक सिर्जित घटनाकोरुपमा लिन सकिन्छ ।
“कामी” के हो ? अनलाईन नेपाली शव्दकोषले “कामी” लाई “परम्परित फलामको काम गर्दै आएको जाती” भनेर परिभाषी गरेको छ। यस हिसावले हेर्दा नेवार समुदाय भित्र “नकःमी” भन्ने एउटा थर छ, जसलाई ईतिहासमा फलामको काम गर्ने समूहकोरुपमा वुझिन्थ्यो । नेवार समुदाय भित्र “नकःमी” लाई पहिले पनि तल्लो स्तरमा राखिएको थिएन । अहिले त झन “नकःमी” लाई छुवाछुट वा विभेद हुने कुरै भएन । आधुनिकरुपमा हेर्ने हो भने फलामको काम गर्ने सवै मेकानिकल ईन्जिनियरिंग अन्तर्गत पर्न आउछन । अनुमान गरौ, के “म कामीकी छोरी” भन्नेले “म नकःमीको छोरी” भनेकी भए अहिलेको अवस्था सिर्जना हुन्थ्यो ? पक्कै पनि हुने थिएन किन भने “नकःमी” लाई नेवार समुदाय भित्र न कुनै विभेद छ न कुनै भेदभाव नै छ ।
वैज्ञानिक तथा प्राविधीक दृष्टिकोणवाट हेर्दा खेरी सुनार, कामी, दमाई भनेको Jwellerer, Mechanical engineer, fashion designer, orchester हुन । के आधुनिक समाजमा Jwellerer हरुले आफूलाई हिनता वोध गरेका छन ? मेकानिकल ईन्जिनियर वन्न लाखौ खर्च र मेहिनत गरिरहेका छन । कामी थरलाई जातीय दृष्टिकोणले मात्र नहेरी “हामी पौराणिक मेकानिकल ईन्जिनियर” का सन्ततिहरु भनेर व्याख्या नगर्नु र गर्व नगर्नु विधम्वनापूर्ण समाजिक अवस्था हामीमा रहेको छ ।
तसर्थ राज्यको एकल भाषा नितीको परिणाम स्वरूप समाजिक द्वन्द्ध र तनावहरु प्रकट भईरहेको छ। चाहे एकले अर्कोलाई नवुझेर होस चाहे एकले अर्कालाई वुझ्न नचाहेर होस । जसरी नेपाली मातृ भाषा भएकालाई अंग्रजीमा अभिव्यक्ति दिंदा आफूले भन्न खोजेको कुरा अंग्रजीमा अन्त सन्त हुन्छ त्यसरी नै नेपाली मातृ भाषा नभएका नेपालीलाई नेपाली भाषामा अभिव्यक्ति दिंदा भनाई र वुझाईमा अन्त सन्त हुन जान्छ । “त” र “ट” राम्रोसित उच्चारण गर्न सक्दैन भनेर लोक सेवा आयोगले अन्तर्वातावाट कसैलाई फाल्नु पनि अन्याय र विभेद हो । “अं….” भन्यो भनेर कसैलाई विभेदको कानून दुरुपयोग गरेर दुःख दिनु भनेको पनि अन्याय नै हो ।
कुनै “क” को मातृभाषा “ख” को लागी दोस्रो भाषा हुन सक्छ । “ख” ले “क” को भाषामा सन्तुलित अभिव्यक्ति दिन नसकेमा “क” ले त्यसको फाईदा लिन र दिन पाईदैन ।