Friday, April 24, 2020

डा पुन अनि डा ली वेनलियाङ


                  
डा पुन
डा शेर वहादुर पुन, शायद कोरोनाले माहामारीको अवस्था नलिएको भए तपाई हाम्रो लागी यो नाम गुमनाम नै हुन्थ्यो । डा पुन आफ्नो कर्म क्रियामा दत्तचित्त भई लागिरहन्थे, समाज आफ्नो गतिमा वगीरहन्थ्यो ।

मलै डा पुन लाई पहिलो चोटि कान्तिपुर टिभीको सरोकार कार्यक्रममा सुनेको र देखेको हु । त्यस कार्यक्रममा प्रस्तोताले कोरोनासंग विकसित देशहरु पनि हायलकायल भएको सम्वन्धको प्रश्नमा वहाले भन्नु भएको थियो कुनै पनि महामारी म आउदैछु भन्दै भन्दैन । हाम्रो सरकारले के तयारी गर्दैछ भनेर सोध्यो भने, मैले (डा पुन) भन्ने जवाफ भनेको कुन देशले पूर्ण तयारी गर्न सक्छ त? । यो भनेको अचानक आउने हो । डा पुनको जिकिर भनेको कुन मात्राको महामारी आउछ कसैलाई थाहा हुदैन । महामारीको वेग तीव्रभयो भने कुनैपनि देशको तयारीले त्यसलाई सामना गर्न सक्दैन भन्ने थियो । युटुयुवमा यो कार्यक्रम यस लिंकमा पुन हेर्न सक्नु हुन्छ । https://youtu.be/XHLmCrlX9Mo?list=PLwUmS78P9jN0qG9X2bLohfxqjcaGJaVb7

प्रस्तोताको जवाफ दिने क्रममा वहाको राष्ट्र प्रतिको फिलिंगस र टेकु अस्पतालसंगको मोह प्रष्ट अनुभव गर्न सकिन्छ ।

यो सरोकार टिभी कार्यक्रम प्रसारण हुनु भन्दा करीव एक हप्ता अगाडी कोरोनाको समवन्धमा रिपोर्टस क्लवमा डा सुन्दरमणी दिक्षितको पत्रकार भेटघाट कार्यक्रमले सवैको कान ठाडो पारेको थियो र देशै भरी चर्चाको विषय वन्यो । डा दिक्षितले सरकारलाई गाली गर्नुको साथै कोरोनावारे सरकारले जनतालाई धोका दिईरहेको आक्षेप सम्म लगाएका थिए । टेकु अस्पतालमाथि प्रश्नहरुको वर्षा गरेका थिए । 

विश्वमा हलचल मचाईरहेको कोरोना नेपालमा छ, छैन भन्ने अन्योलता वीच आएको डा दिक्षितको भनाईले ठूलो तरंग उतपन्न गरायो । सरकारले पनि आधिकारीकरुपमा केहि कुरा राख्न सकेन । न पक्षमा न विपक्षमा । तर कान्तिपुर टिभीको सरोकार कार्यक्रममा डा पुनले स्पष्टरुपमा डा दिक्षितको भनाईलाई खण्डन गरेका छन । सरकार र टेकु अस्पतालको पक्ष लिएका छन । कुनै अन्य सरकारी अधिकारीले डा दिक्षितको सरकारमाथी गरेको हमलाको जवाफ फर्काएका छैनन् ।

लकडाउन अवधिभर डा पुनका विचारहरु संचार माध्यममा छाईराख्यो । तर अकस्मात स्वास्थय मन्त्रालयको डा पुन माथीको कार्वाहि पत्रको समाचारले समाजको माथालिंग नै हल्लाईदियो । के देशमा एउटा विज्ञले जानेको वुझेको सिकेको ज्ञान र अनुभव समाजमा फैलाउनु अपराध भयो? कुनै सरकारी संस्थामा काम गरेको व्यक्तिले आफ्नो विज्ञता अनुरूपको जन उपयोगी विचार राख्न पाईदैन त?
         
डा ली वेनलियाङ
कोरोनाको सम्वन्धमा यी प्रश्नहरु झनै महत्वपूर्ण रहेको छ । अहिले फैलिरहेको कोरोनावारे पहिलो सूचना सार्वजनिक गर्ने व्यक्ति चीनका डा लि वेनलियाङ हुन । यिनै डा लि ले अव यो भाईरसले विश्वमा महामारीको रुप लिने अनुमान गरेको थिए । यसरी सूचना दिएवापत चीनका अधिकारीहरु सचेत हुनुको साटो कार्वाहि गर्न तर्फ लागे । यदि डा लि को सूचनालाई चीनका अधिकारीहरुले वेलैमा गम्भिरतापूर्वक लिएर कुनै काम कार्वाहि अगाडी वदाएको भए आज यो विश्वमा कोरोनाको महामारी फैलिदैन थियो होला । चीनको यहि गल्तीले डा लि लाई चिनीया अधिकारीहरु क्षंमाप्राथी सहित मृतक डा लि लाई शहिद घोषणा गर्न वाध्य भएका छन ।

चीनको गल्ती नेपालका अधिकारीहरुले नसिकेका वा नजानेका के हो ? वहांहरुकै विषय भयो । तर नेपाली अधिकारीहरुको प्रवक्ताले मात्र सूचना प्रवाह गर्नुपर्ने जिकरी कतिको उपयुक्त हो ? अर्को प्रश्न रहेको छ । यसैमा प्रति प्रश्न पनि रहन्छ: के प्रवक्ता हरेक विषयको विषय विज्ञ हो त ? प्रवक्ताले संस्थाको संस्थागत सूचना दिने हो विज्ञताको होईन । विज्ञले प्रवक्तालाई मेरो कुरा यस्तो छ भनी दिन पर्यो भनी निवेदन दिनपर्ने अवस्थामा न विज्ञ आफ्नो करा राख्न प्रोत्साहित हुन्छन न त प्रवक्ताले नै कुरा वुझेर कुरा राख्न सक्छन । झन यसले communication distortion ल्याई दिन्छ । आग्रा न गाग्राका कुरा भने झै हुन्छ ।

विपद वाजा वजाएर आउदैन । आज विश्वले भोगी रहेको माहामारीको एउटा कारक तत्व भनेको डा लि वेनलियाङ को मुख थुन्नु पनि हो । विषय विज्ञ वोल्दा उपयुक्त हुन्छ कि प्रवक्ता ? यसको जवाफ प्रधानमन्त्री ओलीले मन तातो पानीले हात धुंदा भाईरस मर्छ भनी दिनु भएको प्रवचनले दिईसकेको छ ।

दुवै स्वास्थय मन्त्रालयको पत्र र डा पुनको विज्ञप्ति पदियो । भित्री कुरा के कस्तो भए दैव जानून । जे जसरी टुंगो लागेको भए पनि, मुख थुनिएको कि नथुनिएको भोलीका दिनमा हिजो जसरी डा पुन उनमुक्त साथ प्रस्तुत भएका थिए, भोली त्यसरी हुन्छन कि हुदैन ? यसैवाट थाहा पाईन्छ नै । साथै जनताको स्मरण शक्ति त्यति कमजोर पनि छैन, जनताले यसको हिसावकिताव अवश्य राख्ने छन् ।


डा लि शहिद हुनु एक हप्ता अगाडि न्यूयोर्क टाईम्समा दिनुभएको अन्तर्वातामा भनेका छन यदि अधिकारीहरुले कोरोनाको सूचना वेलैमा सार्वजनिक गरेको भए स्थिति वेग्लै हुन्थ्यो । साथै यस अन्तर्वातामा डा लि ले उल्लेख गरेका छन पुलिसले मलाई अफवाह फैलाएको स्वीकार्न लगायो । पुरा अन्तर्वाता पदनको लागी यस लिंकमा जान सक्नु हुनेछ । https://www.nytimes.com/2020/02/07/world/asia/Li-Wenliang-china-coronavirus.html डा लि लाई हतोत्साही गर्ने सरकारी अधिकारीलाई चीनका माथिल्लो अधिकारीहरुले कार्वाहि गरिसकेको छ । डा लि को परिवारसंग सरकारीस्तरवाट माफी पनि मागी सकेको छ ।

नेपालको सन्दर्भमा रयापीड टेस्टले ठूलो मात्रामा नतिजा नेगेटिभ ल्याएको छ । यो सुखद पक्ष हो र कायम रहोस भन्ने सवैको कामना छ । थप के हुन्छ, भोलीका दिनमा देखिने नै छ । डा लि अव संसार माझ रहनु भएन । तर डा पुन का तथ्यगत स्वतन्त्र अभिवयक्ति पदन र सुन्न पाई राखियोस ।

No comments:

Post a Comment