हामी एक महिनाभन्दा
वदी लकडाउनको अवस्थामा गुजुरिरहेका छौ । आगमी वैशाख २५ गतेसम्म लकडाउनमै वस्नु पर्ने
अवस्थामा छौ । स्वास्थय मन्त्रालयले अगामी लकडाउनको मोडेल testing, tracing and transmission को अवस्था कस्तो
रहन्छ त्यसमा भर पर्ने उल्लेख गरेका छन । संक्रमणको अवस्था वुझ्न कोरोना परिक्षण
महत्वपूर्ण रहेको छ ।
अमेरिकाले संसारमा सवैभन्दा वदी आजको दिन (2 May 2020) सम्म करीव 67 लाख जनंसख्यामा कोरोना परिक्षण गरेको छ
।(स्रोतः https://www.worldometers.info/coronavirus/) यो परिक्षणको
संख्या त्यस देशको दश लाख जनसंख्यामा करीव 20 हजार जना हुन आउंछ । नेपालमा PCR र RDT विधिवाट करीव 60
हजारको हाराहारीमा परिक्षण भएको छ जुन नेपालको दश लाख जनसंख्यामा करीव 2 हजार जना
हुन आउंछ । छिमेकी भारतमा करीव 9 लाखको परिक्षण हुंदा भारतको दश लाख जनसंख्यामा यो
650 जना हुन आउंछ । तुलनात्मक हिसावले नेपालको कोरोना परिक्षणको अवस्था अमेरीकाको
दांजो 10 गुणाले कम तर भारतको दांजोमा चार गुणाले वदी रहेको छ । उल्लेखित तीनदेशको
परिक्षण, संक्रमितको संख्या र संक्रमणको
फैलावटलाई तुलनात्मक विशलेषण गर्दा, नेपालमा संक्रमणको फैलावाट धेरै कम रहेको
अनुमान गर्न सकिन्छ ।
सैदान्तिक हिसावले गर्न
सकिने हो भने एकै चोटी देशमा भएभरको सवै जनसंख्याको कोरोना परीक्षण गर्न सक्दा
सवभन्दा उत्तम हो । ।
यसले करीवन ठ्याक्कै यति जना संक्रमित छन भन्ने देखाउछ । संक्रमितलाई आईसोलेशनमा
राख्ने वित्तकै वाकी असंक्रमितमा कोरोना सर्ने सम्भावना शून्य सरह रहन्छ । यो
सैद्धान्तिक परिकल्पना मात्र हो । व्यवहारीक हिसावमा यो सम्भव हुदैन । उपलव्ध
स्रोत, साधन र जनशक्तिले सैद्धान्तिक परिकल्पना पूरा हुनदिदैन । नेपालमात्र होईन
अन्य विकसित देशमा पनि यो सम्भावना छैन । नेपालले थप विश्वस्त हुनलाई परिक्षणको
दायरा वदाउनु उपयुक्त नै छ । त्यसमाथी RDT परिक्षणको विश्वासनियतामा प्रश्नहरु उठिरहेकै छ । नेपालको कुल 60 हजार
परिक्षणमा RDT वाट 80% प्रतिशत परिक्षण भएको छ ।
चित्र १, २, ३ ले नेपालको विभिन्न १४ वटा स्थानमा रहेको प्रयोगशालाले यो दैनिकरुपमा यो हप्ता भएको कोरोना परिक्षणको संख्या देखाएको छ । जसअनुरुप
टेकुको राष्ट्रिय जनस्वास्थय प्रयोगशालाले न्यूनतम १०६ जना र अधिकत ३९७ जना सम्मको दैनिक कोरोना परिक्षण गरेको छ । टेकुको प्रयोगशाला पश्चात कोशी अस्पताल विराटनगर, भेरी
अस्पताल नेपालगन्ज
र वि पी स्वास्थय विज्यान प्रतिष्ठान, धरानले केहि तुलनात्मक उल्लेखनीय मात्रामा कोरोरना परिक्षण गरेको छ । वाकि ११ वटा
प्रयोगशालाको परिक्षण संख्या
त्यति उल्लेखनीय देखिदैन, जुन चित्र २ र ३ मा हेर्न सकिन्छ । पाटन अस्पालमा
परिक्षणको संख्या सवैभन्दा न्यून रहेको छ भने जनकपुरको प्रादेशिक अस्पतालमा कोरोना
परिक्षणको अवस्था यो हप्ता शून्य नै रहेको छ । चित्र ३ मा देखाईएका प्रयोगशालाहरुको कोरोना परिक्षणको
प्रगति निकै नै न्यून रहेको
छ ।
चित्र ४ मा RDT विधिवाट क्षेत्रगतरुपमा
यो हप्ता दैनिकरुपमा भएको परिक्षणको विवरण देखाईएको छ । सुदूर पश्चिम प्रदेशमा
दैनिक अधिकतमा 986 जना र न्यूनतम 322 जनाको RDT वाट परिक्षण भएको छ । अन्य प्रदेशको तुलनामा प्रदेश २ को दैनिक RDT परिक्षण प्रगति न्यून रहेको छ ।
यसरी डाटा विश्लेषणवाट
तथ्यहरु केलाउदा RDT परीक्षण
विधीमा सरकार वदी केन्द्रित
रहेको देखिन्छ नै साथ साथै स्थानीयस्तरमा स्थापित PCR प्रयोगशालाको उचित उपयोग नभईरहेको
स्पष्ट देखिन्छ ।
लकडाउनको समय वदेसंगै
आर्थिक समस्यामा पर्ने जनसंख्या बददै गएको छ । हिजो तत्काल दैनिक ज्यालदारी गरी
हुदा खाने वर्ग मारमा परेका थिए भने । अव क्रमश निम्न मध्यम आय भएको समूहलाई छुदै
गएको छ ।
RDT परीक्षण
माथी प्रश्न उठिरहेको अवस्थामा स्थापित विश्वसनीय PCR प्रयोगशालाको अधिकतम उपयोग गरी PCR
विधिवाट कोरोना परिक्षणको संख्या वदाउनुपर्ने देखिन्छ
।



